अनि उसका शरीरलाई पछारेर
उसका अश्मितालाई निर्दाही लछारेर
उसका रोदन र गुहारलाई वलले दबाउछौ
र आफ्नो स्वार्थको सम्भोग कमाउछौ
कति बलिया ति पाखुराहरू जसलाई
तेस्तै छातीका अमृतले सिचेका हुन्
त्येही पाखुराले आज ति कोमलताको हत्या गरी
कति निर्लजताले तिर्यौ त्यो मातृत्वको गुण

कति पुरुसार्थ कमाए जस्तो लाग्ला
कोमल शरीरमाथि जीत पाउदा
पराकर्मीको अनुभूति होला छलको
निर्बल पुरुस्वत्वको ताज लाउँदा
कति स्वार्थी होलान ती सोच
मानवता र नैतिकतालाई दबाउने
आफु भित्रको स्वार्थको आगोले
अरु कसैको जिन्दगि जलाउने

लज्जास्पद त ती पनि छन्
समाजका दर्सक्बिन्धरु
जो आगो लाग्दा घरको बाल्टी लुकाई
चु चु गर्दै आगाडी आउछन्
स्वार्थी त ती आँखा छन्
जसले त्यो अन्याय हेर्न सकेको छ
बिचरा भनि त्यो निर्दोस नारीलाई
त्यो नारीलाई कम्जोर गरिदिएको छ
गलत हो त्यो समाजशास्त्र
जसले पिडित नारीलाई अपवित्र मान्छ
गलत छन् ती सब सामाजिक तत्व
जसले त्यो निर्दोसलाई बिचार ठान्छ

कम्जोर ती नारी हैनन्
कम्जोर ती आतंककारी छन्
जसले कोमल शरीरमाथि खेलबाड गरी
आफु पुरुष भएका ठानछन्
कोखलाई इज्जत दिन असफल
ति जन्मिएका कुनै दिन त्यहीबाट
कम्जोर हुन् ति पुरुसत्व
जसले सम्भोव लुट्न पर्यो कमाउन सकेनन .

– विशेष संगत

(I am a Marketing and Communication Practitioner with experiences in corporate as well as developmental sector. I am very passionate about my profession and always inquisitive to learn and explore. I am a traveler and a music lover too.)


I am Untouchable Love yourself

Leave a Reply

Your email address will not be published. Required fields are marked *